काठमाडौं, २३, कात्तिक । काठमाडौंमा तरकारीको मूल्यले नयाँ रेकर्ड राखेको छ । आपूर्ति व्यवस्था सामान्य रहेकै अवस्थामा तरकारीको मूल्य आकासिएको हो । सामान्य अवस्थामा यसरी अधिकाशं तरकारी एकैपटक तरकारी महंगो विन्दुमा पुगेको थिएन । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो क्रममा देखिएको पहिलोपटक हो । ‘तरकारीको मूल्य घटबढ भइरहन्छ । केही तरकारीले त मूल्यमा रेकर्ड नै राखे’  श्रेष्ठले भन्नुभयो ‘ मूल्य दैनिक रुपमा घट्ने/बढ्ने हुनुपर्ने हो तर, यो पटक बढेको बढ्यैछ । तिहार अघिदेखि महंगो भएको तरकारीको मूल्य अझै घटेको छैन ।

अहिले अधिकांश तरकारी किलोेको सय रुपैयाँ घटीमा पाइन छाडेको छ । कालिमाटी बजारमै मूल्य उच्च भएपछि खुद्रा बजारमा मूल्य अनियन्त्रित बनेको छ ।    कालिमाटी बजार विकास समितिको भनाइलाई मान्ने हो भने उत्पादन कम भएर नै मूलयवृद्धि उच्च भएको हो । भारतबाट आउने सुकेका तरकारी महंगिएको बताउँनुहुन्छ  समितिका उप-निर्देशक श्रेष्ठ । ‘यो वर्ष धेरै वर्षा भयो । त्यसले तरकारी बालीहरु प्रभावित भए । त्यसैले मागअनुसार बजारमा तरकारी आउन सकेको छैन,’ श्रेष्ठले भन्नुभयो तकारीको मूल्य घट्दै नघट्नुको कारण पनि यही हो समितिले अझै केही समय तरकारीको मूल्य नघट्ने अनुमान गरेको छ । तरकारीमा लगातार मूल्यवृद्धि भइरहँदा तरकारी उत्पादकहरुले भने राहत पाएका छन् । काठमाडौंमा तिहार अघिदेखि लगातार तरकारीको मूल्य बढिरहेको छ ।

कालिमाटीमा तरकारीको मूल्य कति छ ? (प्रतिकेजी- रूपैयाँमा)

कृषि उपजअधिकतमगोलभेडा ठूलो११०,

गोलभेडा सानो१२०,

अालु रातो७०

अालु सेतो५०

प्याज सुकेको९०

गाजर१३०

बन्दा९०

काउली स्थानिय ११०

मूला सेतो ४०

भन्टा लाम्चो ८०

भन्टा डल्लो ८०

बोडी १३०

मटरकोशा १३०

घिउ सिमी ११०

तितो करेला १२०

लौका ६०

परवर ८०

फर्सी पाकेको ४०

फर्सी हरियो ७०

भिण्डी १००

बरेला ६०

पिंडालू ६०

स्कूस २५

रायो साग७०

पालूगो साग११०

चमसूरको साग११०

तोरीको साग७०

मेथीको साग११०

प्याज हरियो१४०

तरुल७०

ब्रोकाउली१३०

चुकुन्दर९०

जिरीको साग११०

सेलरी१२०

पार्सले१२०

सौफको साग११०

पुदीना१२०

गान्टे मूला७०

इमली१३०

तामा१५०

तोफु९०

गुन्दुक२००

स्याउ१२०

केरा७०

कागती६००

अनार२००

सुन्तला८०

तरबुजा७०

मौसम१००

भुर्इ कटहर११०

काक्रो४०

नासपाती११०

मेवा१००

लप्सी६०

अदुवा७०

खु्र्सानी सुकेको२५०

खु्र्सानी हरियो९०

भेडे खु्र्सानी१३०

लसुन हरियो१७०

हरियो धनिया३९०

लसुन सुकेको चाइनिज२५०

लसुन सुकेको नेपाली२५०

छ्यापी सुकेको२२०

माछा ताजा२६०

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *