काठमाडौं, २३,कार्तिक । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश कार्यक्रममा बोल्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गरनुभएको छ । बिहीबार बिहान चावहिलस्थित एवान पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देवकोटा भएको भए आज एमालेको पक्षमा कविता लेख्नेर उल्लेख गरनुभयो ।
ओलीले भन्नुभयो, ‘देवकोटा हुनु भएको भए आज यस्तो कविता लेख्नुहुन्थ्यो..
कुन पार्टीमा जान्छोँ साथी हो ?
कुन पाटीमा जाने हो ?
अन्त कता जान्छौँ र ?
आऊ आऊ एमाले बनाऔँ ।
देश बनाउने एमाले हो
जे गर्न सक्छौँ सघाऊ ।
जाऊ जाऊ हे प्रजापरिषद् एमालेमै समाहित होऊ
अरु पनि पार्टी एमालेमा समाहित भएर देश बनाऊ ।
ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘आज हामी देश बनाउने संकल्पका साथ अगाडि बढेका छौँ । हाम्रा अरु कुनै उद्देश्य छैनन् । उद्देश्य देश बनाउने हो । एमाले प्रवेश गर्ने प्रजापरिषदका सदस्यलाई ढुक्क हुन आग्रह गर्दै ओलीले भन्नुभयो, ‘ढुक्क रहनुहोस् व्यर्थ एमाले प्रवेश गरिएछ भन्ने कहिल्यै हुने छैन धन्न एमाले प्रवेश गरिएछ भन्नुहुन्छ । ओलीले एमाले देशलाई धनी बनाउन कुदेको समेत दाबी गर्नुभयो । उहाँले लोकतन्त्रका विषयमा एमालेका सन्दर्भमा भ्रम फैलाउने गरेको तर, ति सबै चुनावी प्रोपोगाण्डामात्र भएको उल्लेख गरनुभयो । उहाँले एमाले सदैव देश विकासका लागि कठिनाइ सामना गर्न तयार भएको बताउनुभयो ।
.