पोखरा, २३, कार्तिक । पोखरा विश्वविद्यालय कर्मचारी संघले विश्वविद्यलायमा प्रध्यापकले लगाएको तालावन्दी प्रती ध्यानाकर्षण गराएको छ । कर्मचारी संघका अध्यक्ष शिवराज पण्डित द्धारा हस्ताक्षर गरीएको विज्ञप्तीमा प्रध्यापकहरुले विश्वविद्यालयवाट सम्वन्धन वाड्ने काममा आफूले नै हस्ताक्षर गर्ने र आफैले विरोध गर्ने परिपाटीको विरोध समेत गरेका छन् । प्राध्यापकले सेमिस्टार भर २ महिना पढाएर ६ महिनाको तलव लिने गरेको आरोप समेत लगाएका छन् ।

संघले सवै प्राध्यापहरुले समेत १० वजे देखी ५ वजे सम्म विद्यालयमा रहनु पर्ने माग समेत राखेका छन् । साथै विभिन्न माग राखी प्रध्यापकले विश्वविद्यालय योजना आयोगमा लगाएको ताला खोली वार्ताका माध्यमवाट समस्याको हल गर्न सुझाव समेत दिएका छन् । यता पोखरा विश्वविद्यालय प्रध्यापक संघका अध्यक्ष दिपेन्द्र यादवले समय सापेक्ष तालवको वृद्धी र विश्वविद्यालयले गरेको सम्वन्धन खारेज गर्नु पर्ने माग राखनुभएको छ । आफूहरुको माग सुनुवाई नभएकोले तालावन्दी गर्न वाध्य भएको अध्यक्ष यादवले वताउनुभएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *