पोखरा, २३ ,कार्तिक । लामो समय देखी निर्माताको रुपमा चलचित्र निर्माणमा काम गरिरहेका कलाकार एवम निर्माता चेत बहादुर राजाको निर्माणमा “कपुरी क” नामक चलचित्र बन्ने भएको छ । पुर्ण मनोरण्जनात्मक कथामा बन्ने उक्त चलचित्रको लगानीमा चेत लाई अरुले पनि साथ दिएको जानकारी गराए पनि नाम भने खुलाइएको छैन ।

गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा बन्ने उक्त चलचित्र सन्देश मुलक भन्दा पनि पुर्ण मनोरण्जात्मक हुने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई सबिन बास्तोलाले निर्देशन गर्नेछन । चलचित्रको लागि प्राविधिक पक्ष र गीत संगीतको तयारी गरी केही दिनमै युनिट फ्लोरमा निस्कने निर्माता चेत बहादुर राजाले बताएका छन । चलचित्रमा कलाकारको पनि छनोट हुँदै गरेको राजाले जनाएका छन ।

नेपाल चलचित्र कलाकार संघका सचिव ,लायन्स कल्ब चन्द्रागिरी काठमाण्डौका भाईस प्रेसिडेन्ट र गुन्जन एण्ड कुसुम फिल्मस प्रालीका चियरमेन लगायत अन्य थुप्रै सामाजिक सस्थामा आबद्द रहेका चेतले नै निर्माण गरेको चलचित्र “सुनपानी” ले यस अघीनै विशेष चलचित्रको उपाधी पाईसकेको छ । छुवाछुत विरुद्द कथा वस्तु समेटिएको उक्त चलचित्रले दर्शकको राम्रो साथ सङ्सङै प्रतिकृया पनि राम्रो पाएको थियो । फलस्वरुप चेत अहिले पुन कमेडी बेसिस चलचित्र “कपुरी क ” लिएर आउँदैछन ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *