सबैले खोज्ने राम्रो हो । अझ राम्री युवतीको चर्चा सबैभन्दा बढी हुन्छ । कतिपयलाई आफ्नै सुन्दरताले पनि दुःख दिन्छ । अर्थात् आफ्नै सुन्दरता अभिषाप बन्छ । धेरैलाई सुन्दा यो अचम्म लाग्न सक्छ । तर रुसकी एक युवतीलाई भने यस्तै भएको छ । २६ वर्षीया एन्जेलिका केनोभा धेरै सुन्दर भएकै कारण घर भित्रै कैद भएकी छिन् ।

एन्जेलिकाका अभिभावकले उनलाई घरबाट निस्कन दिँदैनन्, किनकी बार्बी डल जस्तै सुन्दर देखिनी आफ्नी छोरीलाई अरुले गलत नजरले हेरेको उनीहरु मन पराउँदैनन् । एन्जेलिकाले भनेकी छिन् – ‘मानिसहरु मलाई घरभित्रै कैद बनाएको सोच्छन्, तर यो निकै गलत हो किनकी मेरो बुबाआमा मेरो धेरै हेरविचार गर्नुहुन्छ ।

यद्यपी उनी कहिल्यै एक्लै घरबाट निस्कँदिनन् । आफूलाई व्वाईफ्रेन्ड बनाउने छुट पनि नभएको र बाहिरी दुनियाँ बारे धेरै अनुभव नभएको उनले बताएकी छिन् । २६ वर्षकी एन्जेलिकाको लागि आवश्यक सर सामान उनकी आमाले किनेर ल्याईदिने गर्छिन् । कतिपयलाई उनलाई प्लाष्टिक सर्जरी गराएको आरोप समेत लगाएका छन् । तर यो आरोप झुटो भएको उनको भनाइ छ । परिवारका गतिविधिले भने उनी कैदी समान भएको भन्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले खुलासा गरेका छन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *