उनी पिसाब पिउनुलाई थेरापीका रूपमा व्याख्या गर्छन् । यसले उनलाई निकै फाइदा पुगेको छ । ‘पिसाब पिउन सुरु गरेपछि मेरा कैयौँ रोग निको भएका छन्,’ उनको जवाफ छ । उनले आफू विगतमा दमको रोगी भएको र पिसाब पिउन सुरु गरेपछि धेरै हदसम्म नियन्त्रण हुँदै गएको र अहिले ठीक भएको बताउँछन् । उनले दमका रोगीलाई आफ्नै पिसाब ९स्वमुत्र० पान गर्न सुझाब पनि दिएका छन् ।  उनले ६ वर्षदेखि पिसाब पिउँदा दम मात्रै निको भएको होइन, ५० किलो तौल कम भएको पनि बताएका छन् । पहिले उनको ‘ओभरवेट’ थियो । आफ्नै पिसाब पिउने मर्फी पिसाबले नै नुहाउने पनि गर्छन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *