(गोरखा) बारपाक, २२, कात्तिक । माओवादी केन्द्रका नेता तथा गोरखा-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर सामान्य घाइते हुनुभएको छ ।
सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उहाँ रडमा अल्झिएर लडेनुभएको थियो । उहाँको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ ।
सोही कारण उहाँले बुधबार बारपाकमा घरदैलो कार्यक्रम गर्न सक्नुभएन । बारपाकमा अहिले सुरु भएको चुनावी सभाका क्रममा पनि उहाँ गाडीमै कार्यक्रम स्थलसम्म पुगनुभएको थियो । पैदल यात्रा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गर्न पाउनुभएन, उहाँले ।
घाइते नभएको भए बुधबार दिनभर विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकका घर-घरमा पुग्ने उहाँको योजना थियो । उक्त योजना स्थगित भएको छ ।