पोखरा,२२,कार्तिक । अस्पताल प्रशासन र पीडित आफन्तबीच वार्ता नमिलेपछि जिल्ला प्रशासन कार्यालय कास्कीको रहोवरमा सहमति निकाल्ने कोसिस गरिएको थियो । ‘जिल्ला प्रशासनसँगको वार्तामा अस्पताल प्रशासनले हामीलाई मंगलबार बेलुका ५ बजेभित्र विकल्पसहित समस्या समाधान गर्ने बताएको थियो,’ आफन्त तिलकराज पौडेलले भने, ‘तर, अस्पताल प्रशासनका पदाधिकारी अस्पतालमै भेटिएनन् । यत्तिसम्म कि विज्ञप्ति बुझाउने व्यक्तिसमेत नभएपछि इमरजेन्सी कक्षको ढोकामै विज्ञप्ति टाँसेर फर्कियौं ।

बुधबार बिहान प्रशासनबाट केही जवाफ आउला भनेर कुर्दा पनि कुनै चासो र वास्तै नगरेपछि फेरि कडा आन्दोलनमा उत्रनु परेको आफन्तले बताए । मृतक गीताको श्रीमान अहिले वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । १९ वर्षीया अर्यालको मृत्यु अस्पतालको लापरबाहीले भएको र एक हप्तासम्म बेहोस् भन्दै घटना लुकाएको आफन्तजनको आरोप छ ।

आफन्तले तत्काल क्षतिपूर्ति र शिशुको सम्पूर्ण जिम्मेवारी नलिए आन्दोलनलाई अझै कडा बनाउँदै लैजाने बताएका छन् । यसअघि पीडित परिवारका आफन्तले अस्पतालमा तालाबन्दी गर्ने प्रयाससमेत गरेका थिए ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *