२२, कार्तिक ।    विश्वमै सबैभन्दा बढी नाफा कमाएको कम्पनी एप्पलले अर्बौं डलर कर छली गरेको खुलासा भएको छ । एप्पलले कर छलिका लागि नयाँ गोप्य उपाय अपनाएको एक संस्थाले सार्वजनिक गरेको हो ।

प्याराडाइज पेपरले एललेख गरे अनुसार अमेरिकी कम्पनी एप्पलले सन् २०१३ मा कर छलीका लागि ट्याक्स हेवन अर्थात अफसोर कम्पनी रहेका देशमा लगानी गरेको थियो ।

एप्पलसँग अहिले कर नतिरिएको अफसोर रकममो मात्रा दुई सय ५२ बिलियन अमेरिकी डलर रहेको प्याराडाइज पेपर्सललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

यता एप्पलले भने आफ्नो नयाँ प्रणालीले आफूहरुको कर रकमलाई कम नगरेको दाबी गरेको छ । अब यो हप्ताभरमा सयौं व्यक्ति तथा कम्पनीको कर र वित्तिय अवस्थाको जानकारी सार्वजनिक हुने खबरमा उल्लेख छ । प्याराडाइज पेपर्सले सार्वजनिक गरेको एक करोड ३४ लाख कागजात विश्वभरका एक सय भन्दा बढी सञ्चार संस्थाले अनुसन्धान गरिरहेका छन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *