टेलिजिभनको दुनियाँमा निर्देशक नारायण पुरीले एक नयाँ शो ल्याउने हुनुभएको छ । हिमालय टेलिभिजनबाट प्रशारण हुने शोको नाम ‘सुत्रधार’ राखिएको छ । उहाँले संचालन गरेको शो ‘जीवनसाथी’ पनि चर्चित मानिन्छ ।
पुरीले संचालन गर्न लागेको नयाँ शो कात्तिक २९ गते वुधबारदेखि बेलुकी ७ बजे हिमालय टेलिभिजनमा प्रशारण हुनेछ । सुदिप खनालले निर्देशन गर्न लागेको यो शोमा राजेश ढकालको लेखन रहनेछ भने निर्जल बस्नेत यसका निर्माता हुनुहुने छ।
यो कार्यक्रम मार्फत नेपाली समाजमा हुने गरेका बास्तविक घटनालाई बाहिर ल्याउने पुरीले बताउनुभयो । नेपालबाटै अमेरिकाका लागि ग्रीन कार्ड एप्लाई गरेर पाएपछि पुरी सपनाको देश पुगनुभएको थियो। पुरीले निर्देशन गरेको चलचित्र ‘भकुन्डो’ पनि प्रदर्शनको तयारीमा छ ।