गोरखा, २१ कार्तिक ।   नेता जब चुनाव लाग्छ तब जनता सम्झिन्छन् । अहिले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावले नेताको व्इस्तता बढेको छ । १० वर्षसम्म सत्ताका लचकदार कुर्सी र चिल्ला गाडीमा सानको जीवन बिताएका नेता यत्तिबेला गाउँगाउँमा गरिब जनताका घरमा पुगेर हात जो्दैहुनुहुन्छ  ।

त्यही शैलीमा केही दिनयता माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखाको सुलिकोट गाउँ पालिका ४ रन्चोकमा घरदैलो कार्यक्रममा सक्रिय हुनुभएको छ ।

सुलिकोट गाउँ पालिका २ साबिक को बारपाक गाबिस १ पोखरीमा घर दैलो गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठ जनतालाई आफूले विकास गर्ने आश्वासन बाँढिरहनुभएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *