Home » मनोरंजन » ‘बाहुबली कि अनुष्का शेट्ठी

‘बाहुबली कि अनुष्का शेट्ठी

हिन्दी चलचित्र ‘बाहुबली’मा देवसेनाको भुमिका निर्वाह गरेकी नायिका अनुष्का शेट्ठी कारको सौखिन् हुनुहुन्छ। चलचित्रमा आउनु अघि उहाँको नाम स्विटी थियो । उहाँको नाम मात्रै नभएर मान्छे पनि स्विटी नै हुनुहुन्छ । उहाँले आफ्नो सिनियर ड्राइभरलाई १२ लाख मुल्य बराबरको कार उपहार दिनुभएको थियो। १४० करोड सम्पत्तिको मालिक्नी अनुष्का हैदराबादको पास क्षेत्रमा जुबली हिल्समा बसोबास गर्नुहुन्छ। उहाँले अहिले एउटा चलचित्रमा काम गरेवापत पाँच करोडसम्म पारिश्रमिक लिनुहुन्छ । लक्जरी कारकी सौखिन अनुष्कासँग अहिले केही ब्राण्डेड कार छन् ।

‘एमबीएस ज्वेलर्स, द चेन्नई सिल्क, इन्टेक्स मोबाइल’ लगायतका विज्ञापनमा उहाँले मोडलिङ समेत गरनुभएको छ ।अभिनयमा आउनु अघि उहाँ योगा प्रशिक्षक हुनुहुन्थ्यो । उहाँको परिवारका अन्य कुनै पनि सदस्य चलचित्रमा आबद्ध छैनन् । योग प्रशिक्षक भरत ठाकुरसँग काम गर्ने क्रममा एक निर्देशकले उहाँलाई चलचित्र खेल्ने प्रस्ताव राखेका थिए । दक्षिण भारतका लोकप्रिय कमेडियन अली बाशाले हिन्दी चलचित्र ‘जिरो साइज’ को अडियो लञ्चको अवसरमा उहाँको बारेमा भद्दा कमेन्ट गर्नुभएको  थियो । उहाँले भन्नुभएको थियो कि-‘अनुष्का शेट्ठी गरम जुलेवी जस्तै हुनुहुन्छ, जो कोही खान चाहन्छ ।

अनुष्का र प्रभासले केही चलचित्रमा एकसाथ काम गरनुभएको छ । यहि कारण उहाँहरुको अफेयरको हल्ला समेत चल्यो । यतिसम्मकी उहाँहरुले विवाह गर्न लागेको चर्चा समेत चल्यो । तर, अन्तिममा दुबैले आफुहरु साथी मात्रै भएको धारणा सार्वजनिक गरनुभयो।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

दीपिका पादुकोण र आलिया भट्ट बीच एक-अर्काको प्रशंसा

बलिउडका नायिकाहरुबीच आपसी सम्वन्ध त्यति राम्रो छैन । कसैको फिल्म खोसेको निहुँमा त कसैको व्वाइफ्रेण्ड ...