नोभेम्बर २३ तारिक फुकुओकामा ऐश्वर्य,
७ नोभेम्बर फुकुओका जापान,
भर्खरै मात्र नेपालमा छठ पर्वको अवसर परेर रिलिज भएको नेपाली चलचित्र क्षेत्रका चर्चित नायक रमेश उप्रेतीको कमिंग ब्याक चलचित्र ऐश्वर्य अब फुकुओकामा पनि प्रदर्शनमा आउने भएकोछ। फुकुओका नेपाल सोसाइटीको आयोजनामा प्रदर्शन हुने उत्त चलचित्र यही नोभेम्बर २३ तारिक साँझ ६ बजेबाट फुकुओकाको हरेकजसो कार्यक्रम हुने स्थान चिउओ सिमिन सेन्टर आकासाकामा हुने भएकोछ ।नेपालमा प्रदर्शनपछिको प्रतिक्रिया सुन्दा चलचित्र निकै राम्रो रहेको र नेपाली चलचित्र हिन्दि चलचित्रसंग टक्कर लिने खालको भएको भन्ने कुरा सुनेपछि फुकुओकाबासि नेपालीहरु उत्साहित भएको खबर प्राप्त भएकोछ ।
यसपालिको दशैं तिहारमा फुकुओकामा खासै त्यस्ता मनोरन्जनात्मक कार्यक्रमहरु हुन सकेनन् यसैबिचमा प्रदर्शनमा आउन लागेको चलचित्र ऐश्वर्यले भने दर्शकहरुको निकै मायाँ पाउने विश्वास आयोजकले लिएकोछ।ऐश्वर्यको गितसंगीत देखि सबै पक्ष राम्रो भएका कारणपनि चलचित्र सबैलाई मनपर्ने विश्वास लिइएकोछ,फुकुओका नेपाल सोसाइटीका सचिब तथा गायक माधब सिग्देलले हामीलाई भने ।
यतिबेला ऐश्वर्यको तिमी रोएको पल तिमीलाई… भन्ने गित युट्युबमा निकै चर्चामा छ ।
ऐश्वर्य टोक्यो नागोया हुँदै फुकुओकामा प्रदर्शनमा आउन लागेको हो ।
ऐश्वर्यको ट्रेलर यस्तो रहेकोछ ।