काठमाडौँ, १९ कात्तिक । नेपाली कांग्रेससहित मधेसवादी दलले संविधान संशोधनलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् । संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक रहेको ठहर कांग्रेससहितका दलको रहेको छ ।

तर बाम गठबन्धन भने संविधान संशोधनको विरुद्धमा देखिएको खबर आजको नेपाल समाचारपत्रमा छ । गठबन्धनको घोषणापत्रमा संविधान संशोधन राष्ट्रहितको विपरीत राष्ट्रिय एकतालाई कमजोर पार्ने खालको रहेको छ ।

सविधान संशोधनको माग गर्दै मधेसमा लामो आन्दोलन भए पनि संशोधन हुन सकेको छैन ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *