कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोमियो’को एक वियोगान्त गीतको भिडियोमा हसन नीशाको यादमा तड्पिएका हुन् । शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा मेलिना मानन्धर, हसनराजा खान, नीशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । कुर्बान अली खान र अमृता लिम्बुको आवाज रहेको गीतमा कुर्वानकै शब्द तथा संगीत छ ।
एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन सापकोटा निर्माता, बिष्णु कार्की सह-निर्माताको रुपमा छन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, किरण माइकलको कथा, साहिल खानको सम्पादन, अष्ट महर्जनको एक्सन छ ।
‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्रको यो बियोगान्त भावको गीतले पनि दर्शकको मन जित्न सक्छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रबाट नायक तथा निर्माता हसनले निकै आशा गरेको बताए ।