घर र कोठाकोे सौन्दर्यका लागि विभिन्न थरिका बत्तिहरुको प्रयोग (लाइटिङ) गर्ने चलन बढ्दै गएको छ । घरमा प्रयोग गरिने यस्ता धेरै प्रकाश दिने तथा रङ्गीन लाइटिङले स्वास्थ्य असर पार्ने तथ्य सार्वजनिक भएको छ । सेल प्रेस जर्नलमा प्रकाशित ‘करेन्ट बायोलोजी’ लेखमा कृतिम प्रकाशले स्वास्थ्यमा हानी हुने उल्लेख गरिएको छ ।

सो लेख अनुसार दिन र रातको उज्यालोको प्राकृतिक सर्कल मानव शरीर अनुकुल हुन्छ तर घरमा प्रयोग गर्ने कृतिम प्रकाशले प्राकृतीक प्रकाशलाई असर पुर्याउछ । यस्तो प्रकृयाबाट निस्कने प्रकाशले स्वास्थ्यलाई हानी गर्छ ।

नेदरल्यांडको लीडेन विश्वविद्यालय मेडिकल सेन्टरका जोहना मेइजरका अनुसार यसले इम्युन सिस्टम सम्बन्धि रोगहरु, मांशपेशीमा दुखाई र ओस्टियोपेरोसिसको सम्भावना बढन् जान्छ । यसैगरी उनका अनुसार कृतिम लाइटले घरमा बढी उज्यालो भयो भने त्यसले मानसीक संतुलनमा पनि नराम्रो प्रभाव पार्न सक्छ । यो अनुसन्धान धेरै जनावर माथि गरिएको थियो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *