काठमाडौं, १९ कात्तिक । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी कोमल वली अहिले उम्मेदवारी फिर्ता लिने कि नलिने भन्ने दोधारमा हुनुहुन्छ । आज उहाँले उम्मेदवारी फिर्ता लिनेमा एमाले नेताहरु ढुक्क देखिन्छन् । एमाले नेतृत्वसँग पटक-पटक सम्वाद गरेर फिर्ता लिने मनस्थितिमा पुगेकी कोमललाई एमाले कार्यकर्ताले भने उठ्न दबाव दिएको। दाङ क्षेत्र नं ३ मा एमालेबाट आधिकारिक टिकट पाउनुभएको हिराचन्द्र  केसी स्थानीय सुन व्यवसायी हुनुहुन्छ, जो पाँच वर्षअघि राप्रपावाटै एमाले प्रवेश गरनुभएको थियो ।

‘यदि राप्रपाबाटै आएकालाई भोट हाल्नुपर्छ भने हामी तपाईंलाई भोट हाल्छौं उठ्नुस्, तपाई लोकपि्रय हुनुहुन्छ,’ एमाले कार्यकर्ताले यसो भन्दै उक्साउने गरेको । केसीप्रति पनि पुराना एमाले नेताहरु असन्तुष्ट रहेको स्रोतको भनाइ छ । केसीविरुद्ध वाम गठबन्धनबाटै माओवादी पूर्वसभासद कुबेर ओलीले पनि उम्मेदवारी दर्ता गरनुभएको  छ ।

उता दाङ ३ मा नेपाली कांग्रेसबाट टिकट पाएका दीपक गीरीलाई पनि नेपाली कांग्रेसकै खुमबहादुर खड्का समूहले असहयोग गर्ने कोमल ओलीले सुइँको पाउनुभएको । उहाँले यसलाई आफ्नो पक्षमा खुमबहादुर खड्काले दिएको ‘ग्रिन सिग्नल’का रुपमा बुझेनुभएको । दाङ क्षेत्र नं. ३ मा एकलाख ३४ हजार मतदाता छन् भने ओलीहरु मात्रै १४ हजार बढी छन् । आफू चुनावमा उठे ओलीहरुको समेत भोट आउने विश्वासमा हुनुहुन्छ कोमल ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *