Home » समाचार » करिश्मा मानन्धर नयाँ शक्ति पार्टी कि समानुपातिक उम्मेदवार

करिश्मा मानन्धर नयाँ शक्ति पार्टी कि समानुपातिक उम्मेदवार

काठमाडौँ,१९ कार्तिक । नेपाली फिल्मकी सदाबहार नायिका करिश्मा मानन्धर नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बन्नुभएको छ । यदी नयाँ शक्ति पार्टीले देशभर खसेको कूल मतबाट समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन सफल भए उहाँ प्रतिनिधि सभा सांसद बन्नुहुने छ ।

नयाँ शक्ति नेपालले आफ्नो बन्दसूचीको एक नम्बरमा करिश्मा मानन्धरलाई राखेको छ। उहाँ  पार्टीको केन्द्रीय परिषद सदस्य हुनुहुन्छ । पछिल्लो समय फिल्म अभिनय र निर्माणमा भन्दा करिश्माको दिनचर्या राजनीतिक कार्यमा वित्ने गरेको छ ।

चुनावपश्चात जुन दलले ३ प्रतिशत बढी मत पाउँछ, त्यसैका आधारमा पहिलो क्रममा रहेका व्यक्ति सांसद छानिनेछन् । तर, देशभरिबाट उसले प्राप्त गरेको मत ३ प्रतिशत नाघेन भने एक लाख बढी मत आए पनि करिश्मा सांसद बन्न पाउनुहुने छैन । अहिलेको थ्रेस होल्डको व्यवस्था अनुसार दलले कूल मतको तीन प्रतिशत समानुपातिक तर्फ र प्रत्यक्षतर्फ एक सिट जित्नैपर्ने हुन्छ ।

 

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘चुनाव बिथोल्नको लागि जताततै बम फेला पर्न थालेको छ

सिन्धुपाल्चोक, २ मंसिर  । जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला ...