भोजपुर, १८ कार्तिक । भोजपुरमा विप्लव माओवादीको घिनलाग्दो हर्कत देखाएको छ । जनताका लागी राजनीति गरेको बताउँने नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले हुकुमी शैलीमा नेपाली कांग्रेसका प्रदेश सभ (ख) का उम्मेदवार गोविन्द कार्कीको घर कब्जा गरेर घिन लाग्दो हर्कत देखाएको हो ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी’ ले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता गर्न अनुरोध गरेकोमा बेवास्ता गरेको भन्दै भोजपुर नगरपालिका–१२ टक्सारस्थित रहेको कार्कीको घर कब्जा गरेको जनाएको छ । यता जिल्ला प्रहरी कार्यालयले उनको घरमा विप्लपले झण्डा गाडेको पाइएको जनाएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *