बिराटनगर,१८ कात्तिक। एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति बिराटनगरस्थित होटल हेरिसनमा बास बसनुभयो । यो होटलका मालिक एवं उद्योगपति मोतिलाल दुगड एमालेको समानुपातिक सूचीको ८९ औं नम्बरमा परेका उम्मदेवार हुन् । समानुपातिक सूची सार्वजनिक भएकै साँझ दुगडले ओलीलाई आफ्नो होटलमा भोज मात्र नदिई दुगडले ओलीलाई शुक्रबार साँझ बिराटनगरमा प्रतिष्ठित व्यापारीहरुसँग भेटघाट समेत गराउनुभयो ।

शुक्रबार साँझ सोही होटलमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा केपी ओलीसँग भेटघाट एवं छलफल कार्यक्रम आयोजना गरियो । एमालेका उम्मेदवार एवं केन्द्रीय सल्लाहकारसमेत रहेका दुगडको होटलमा आयोजित सो कार्यक्रममा उद्योगी, व्यापारीहरु दिनेश गोल्छा, अविनाश बोहोरा, पवन सारडा, किशोर प्रधानलगायतको सहभागिता थियो । कार्यक्रममा बिराटनगरका उद्योगी व्यापारीहरुले एमाले अध्यक्ष ओलीलाई ‘भावी प्रधानमन्त्री’ भनेर सम्वोधन गरे ।

बिराटनगरका प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा मुलुकको राजनीतिक अवस्थाका साथै औद्योगिक विकासका बारेमा करिव डेढ घण्टा कुराकानी भएको थियो । कार्यक्रममा उद्योगी व्यवसायीले केपी ओलीलाई प्रधानमन्त्री बन्नका लागि शुभकामना दिए । ओलीसँगको भेटमा उद्योगी व्यवसायीहरुले बिराटनगरको औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई गति प्रदान गर्नका लागि पहल गरिदिन आग्रह गरे । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बिराटनगरको औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणसम्बन्धी कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।

भ्रष्टाचारीलाई चीनमा जस्तै ठेगान लगाइनेछ,पूर्वाञ्चलका धनाढ्य उद्योगपछिसँगको भेटघाटमा एमाले अध्यक्ष केपी ओली भ्रष्टाचारको विरोधमा खरोरुपमा प्रस्तुत भए । चीनमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिइने गरेको स्मरण गर्दै ओलीले अब बन्ने सरकारले भ्रष्टाचार अन्त्य गर्ने र त्यसपछि देशमा विकासले गति लिने बताउनुभयो । ओलीले व्यवसायीहरुसँग भने– ‘तपाईहरु सप्पैलाई थाहा छ, को को भ्रष्ट छन्, को आफैं खान्छन्, को श्रीमतीमार्फत खान्छन् र को सालोमार्फत खान्छन् । ओलीले,  ‘तपाईहरुलाई थाहा छैन ? तपाईहरुलाई थाहा छ । तर, केही पनि हुँदैन, त्यसकारण्का तपाईहरु पनि भन्नुहुन्न । भावी सरकारले भ्रष्टाचारको अन्त्य गर्ने आश्वासन दिँदै ओलीले व्यवसायीहरुसँग भन्नुभयो ‘अब निर्वाचनपछि आउने सरकारले यो अवस्था राख्दैन । हामीले देश बनाउनुछ, त्यसकारण भ्रष्टाचार नियन्त्रणमा दृढ भएर लाग्छौं । केपीओली को भनाई रहेको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *