केही दिनयता नेपाली संचारमाध्यममा नायिका श्रृष्टी श्रेष्ठ र प्रियंका कार्कीले बलिउड चलचित्रका लागि अडिसन दिएको खबर सार्वजनिक भैरहेको छ । श्रृष्टीले बलिउड चलचित्र ‘सन्दिप और पिंकी फरार’बाट डेब्यू गर्न लागेको चर्चा समेत नेपाली मिडियामा आइरहेको थियो । श्रृष्टीले यो चलचित्रमा काम गर्न लागेको खबर गलत भएको बताउनुभयो । उहाँले यो चलचित्रका लागि अडिसन पनि नदिएको बताउनुभयो।

श्रृष्टीले सामाजिक संजालबाट आफूले बलिउड डेब्यू गर्न लागेको खबर गलत भएको बताउनुभएको छ । आफ्ना फ्यान र शुभचिन्तकलाई उहाँले जानकारी गराउँदै बलिउड डेब्यूको चर्चालाई हल्ला भन्नुभएको छ । यस्तै, नायिका प्रियंका कार्कीले पनि एक बलिउड चलचित्रमा अडिसन दिएको खबर मिडियामा सार्वजनिक भएको थियो । खबरअनुसार, प्रियंका र श्रृष्टीले अडिसन दिएको चलचित्र एउटै हो । यशराज ब्यानरले बनाउन लागेको ‘सन्दिप और पिंकी फरार’ चलचित्रमा दुबै नायिकाले अडिसन दिएका ।

सट लिस्टमा छानिएपछि यी दुबै अडिसनका लागि मुम्बई पनि पुगेका । तर, श्रृष्टी अडिसनबाट छनोट नभएकोन । यसैले पनि श्रृष्टीले अहिले बलिउड चलचित्रमा डेब्यू गर्न लागेको खबर गलत भएको बताइरहनुभएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *