डोटी, १८ कार्तिक । डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । दिपायलबाट डोटीको बोगटान गैरहेको से १ ज २६५ नम्बरको जीप डोटीको केआइसिंह गाउँपालिका ३ को देउराडीमा दुर्घटना हुँदा ४ जनाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ । अहिले उद्धारको काम भैरहेको प्रहरीले जनाएको छ ।
