बोनस क्याम्पेनको नतिजा सार्बजनिक

क्योदाई आइ एम इ ले गर्यो पहिलो बोनस क्याम्पेनको नतिजा सार्बजनिक

नोभेम्बर ४ फुकुओका जापान,

क्योदाई आइ एम इ को अक्टुबर महिनाको बोनस क्याम्पेनको नतिजा सार्बजनिक भएको छ
आइएमइ ग्राहक बोनस पोइन्ट योजना अन्तर्गत अक्टुबर महिनाका लागि भएको लक्कीड्र मार्फत विजेताहरु निम्न अनुसार रहेका छन ।

गत बर्ष अगाडि सम्म राम्रो कारोबार गरेर छाडेका ग्राहकलाई पुन सेवा प्रती आकर्षित गराउन, भर्खर शुरु गरेका ग्राहकले नियमित सेवा लिउन र नियमित ग्राहकले कारोबार गरिरहन उत्प्रेरित होउन भन्ने उदेश्यले यो योजना ल्याइएको हो । यो योजना सेप्टेम्बर २० देखी मार्च ३१ सम्म लागु रहनेछ ।
योजना शुरु हुनु अगाडि सम्म को कारोबार सन्ख्यालाई आधी भार दिइनेछ जस्तै कुनै ग्राहकको ५० कारोबार सन्ख्या छ भने २५ पोइन्ट मानिनेछ ।
योजना शुरु भएपछी को प्रती कारोबार मा
३०००० यन सम्मको लागि १ पोइन्ट
३०००१ देखी १५०००० यन सम्मको लागि 2 पोइन्ट
१५०००१ देखी १०००००० यन सम्मको लागि ३ पोइन्ट दिइनेछ ।
सन २०१६ र त्यो अगाडि रजिस्टर्ड भएका ग्राहकलाई अतिरिक्त ५ पोइन्ट दिइनेछ ।
२०१६ सम्म कारोबार गरेर २०१७ सालमा निश्कृय रहेका ग्राहकले पून कारोबार गर्न आउँदा ५ पोइन्ट अतिरिक्त पोइन्ट पाउने छन ।
सन २०१७ मा रजिस्टर्ड हुने ग्राहकलाई अतिरिक्त १४ पोइन्ट दिइनेछ ।
२० देखी ३९ पोइन्ट सम्म ग्रुप १
४० देखी ५९ पोइन्ट सम्म ग्रुप २
६० देखी ९९ पोइन्ट सम्म ग्रुप ३
१०० देखी माथि ग्रुप ४
लक्की ड्र प्रकृया
हरेक महिना ४ वटा ग्रुपका ग्राहकहरु बिच लक्की ड्र मार्फत ५ जनालाई ब्रान्डेड वायरलेस हेडफोन र एक जनालाई ल्यापटप दीइनेछ !
डिसेम्बर तथा मार्च महिनाको अन्त्यमा ग्रुप २, ३ र ४ का ग्राहकबिच लक्की ड्र मार्फत २/२ जनालाई ल्यापटप दीइनेछ !
हरेक महिना ग्रुप ३ र ४ का ग्राहकहरु बिच लक्की ड्र मार्फत 2 जनालाई ब्रान्डेड ट्याबलेट दीइनेछ !
योजना को अन्त्यमा ग्रुप ४ का ग्राहकबिच लक्की ड्र मार्फत १ जनालाई नेपाल जाने र आउने राउन्ड ट्रिप टिकेट दीइनेछ ।

,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *