Home » समाचार » उम्मेदवारीमाथि चित्त बुझेको छैन भने,उजुरी हाल्न पाउने

उम्मेदवारीमाथि चित्त बुझेको छैन भने,उजुरी हाल्न पाउने

काठमाडौं, १७ कात्तिक। आगामी मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि कतै खराब आचरणका व्यक्तिको उम्मेदवारी त परेको छैन ? यदि परेका उम्मेदवारीमाथि तपाईंलाई चित्त बुझेको छैन भने    उम्मेदवारी खारेजीको माग गर्दै प्रमाणसहित उजुरी दर्ता गराउन सक्नु हुनेछ आयोगले हिजो दर्ता भएको उम्मेदवारीविरुद्ध उजुरी दिनका लागि शुक्रबारको समय दिएको छ । आयोगका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उजुरी दिन सकिने छ । आयोगले उजुरी हाल्ने थलो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयलाई तोकेको छ ।

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते ४५ जिल्लामा हुँदैछ । निर्वाचन आयोगले बिहीबार यी जिल्लाका निर्वाचन क्षेत्रको उम्मेदवार मनोनयन दर्ता गराएको थियो । निर्वाचन आयोगका अनुसार १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १७४२ उम्मेदवारी परेको छ भने प्रदेशसभातर्फको २५६ निर्वाचन क्षेत्रका लागि २९६६ जना मैदानमा खडा भएका छन् । मनोनयन दर्ता गराएका उम्मेदवारको नाम बिहीबार नै सार्वजनिक गरेको आयोगले त्यसको भोलिपल्ट उम्मेदवारविरुद्ध उजुरी संकलन गर्न लागेको हो ।

उम्मेदवारविरुद्ध उजुरी दिने समय शुक्रबारका लागि दिएको आयोगले शनिबार मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्नेछ । १८ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि १९ गतेको समय दिएको छ । आयोगका अनुसार, उम्मेदवारलाई कात्तिक १९ गते नै चुनाव चिह्न प्रदान गरिने छ । यसअघि पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको उम्मेदवार मनोनयन भइसकेको छ । त्यहाँ मंसिर १० गते निर्वाचन हुँदैछ ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा ...