Home » समाचार » कागती हामीलाई कति उपयोगी !

कागती हामीलाई कति उपयोगी !

कागती भिटामिन सी, पोटासियम तथा फाइबर लगायतका पौष्टिक तत्वहरुको भण्डार हो । यो मानव स्वास्थ्यका लागि निकै लाभदायी छ । कागतीलाई विभिन्न स्वरुप र प्रकारमा खाइन्छ । चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पुर्याउँछ । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा। मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।

– भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।
– कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।
– पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ ।
– बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ ।
– कागती पानीले पाचनमा सहयोग पुग्छ ।
– कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ ।
– कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
– रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ ।
– मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।
– कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।
– एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।
-कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
– हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।

.

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा ...