Home » समाचार » कास्कीको चुनावी मैदानमा उम्मेदवारी दर्ता ११३

कास्कीको चुनावी मैदानमा उम्मेदवारी दर्ता ११३

कास्की ,१७ कात्तिक। कास्कीको चुनावी मैदानमा ११३ जना उत्रिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि हिजो भएको उम्मेदवारी दर्तामा ११३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, प्रतिनिधिसभाका लागि ३७ र प्रदेशसभाका लागि ७६ जनाको उम्मेदवारी परेको छ । कास्कीमा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभा तर्फ ६ निर्वाचन क्षेत्र छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ मा १३, क्षेत्र नम्बर २ मा १३ र क्षेत्र नम्बर ३ मा ११ जनाले उम्मेदवारी दिएका हुन् । जसमध्ये महिला उम्मेदवारको संख्या ४ जना मात्रै छ । निर्वाचन कार्यालयका अनुसार, प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ७६ मध्ये १० जना महिला छन् । कास्की क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर १ मा २ महिलासहित १५, सोही क्षेत्रको प्रदेश क्षेत्र नम्बर २ मा १ महिलासहित ११ जनाले उम्मेदवारी दिएका हुन् । कास्की क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र नम्बर १ मा १ महिलासहित ९, सोही क्षेत्रको प्रदेश क्षेत्र नम्बर २ मा १ महिलासहित १० जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, कास्की क्षेत्र नम्बर ३ को १ मा १ महिलासहित १० र २ महिलासहित ८ जनाले उम्मेदवारी दिएका छन् ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा ...