Home » मनोरंजन » दीपिका पादुकोण र आलिया भट्ट बीच एक-अर्काको प्रशंसा

दीपिका पादुकोण र आलिया भट्ट बीच एक-अर्काको प्रशंसा

बलिउडका नायिकाहरुबीच आपसी सम्वन्ध त्यति राम्रो छैन । कसैको फिल्म खोसेको निहुँमा त कसैको व्वाइफ्रेण्ड खोसेको निहुँमा एक-अर्कालाई फुटेको आँखाले पनि हेर्न सक्दैनन् । तर, दीपिका पादुकोण र आलिया भट्टको कुरा अलग छ । उनीहरु एक-अर्काको प्रशंसा गरेर थाक्दैनन् । दीपिकाको नयाँ फिल्म पद्मावतीको ट्रेलर हालै सार्वजनिक भएको छ । आलियाले उक्त ट्रेलरलाई लिएर दीपिकाको जमेर प्रशंसा गरिन् ।

एउटा पोडकास्टमा आलियाले दीपिकाको बारेमा भनिन्, ‘पद्मावतीको रुपमा दीपिका साह्रै राम्री देखिएकी छिन् । मलाई थाहा छ कि म कहिल्यै उनीजस्तो देखिन सक्दिन । न उनीजस्तो गर्न नै सक्छु । दीपिका विलकुल रानीजस्ती देखिएकी छिन् । मलाई विश्वास छ उनले फिल्ममा काम पनि शानदार गरेकी छिन् । यसमा दीपिकाले टि्वट गर्दै आलियालाई जवाफ दिएकी थिइन् । उनले लेखिन्, ‘माइ आलू… यू मेक नो सेन्स… लभ यू । तर, त्योभन्दा दुई कदम अघि बढेर दीपिकाले आलियालाई एउटा चिठ्ठी नै पठाइन् । त्यो पनि एउटी फ्यानको रुपमा । लक्स गोल्डन रोज अवार्ड्स २०१७ को प्रोमोमा आलियालाई दीपिकाले यो चिठ्ठी दिएको देख्न सकिन्छ । इन्स्टाग्राममा पनि यसको एउटा भिडियो सेयर भएको छ ।

चिठ्ठीमा दीपिकाले लेखेकी छिन्ः डियर आलिया   ‘हाइवे’ मा तिमी बिना मेकअप पनि असाध्यै सुन्दरी देखिएकी थियौ । तर सडकमा बिताएका ती ५२ कठिन दिन कसैले थाहा पाएनन् । आलिया, तिमी छौं सबैभन्दा सानी, तर मेहनत गर्नमा सबैभन्दा ठूली । तिम्री सबैभन्दा ठूली फ्यान  दीपिका, दीपिका र आलियाको यो मित्रता देखेपछि भन्न करै लाग्छ कि बलिउडमा नायिकाहरुबीच मित्रता र प्रेमको युग सुरु भएछ ।

 

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘बाहुबली कि अनुष्का शेट्ठी

हिन्दी चलचित्र ‘बाहुबली’मा देवसेनाको भुमिका निर्वाह गरेकी नायिका अनुष्का शेट्ठी कारको सौखिन् हुनुहुन्छ। चलचित्रमा आउनु ...