विरगञ्जमा केही दिन अगाडिदेखि मात्र छायांकन सुरु भएको चलचित्र ‘सत्रु गते’मा कलाकारद्धय हरिवंश आचार्य र दीपाश्री निरौलाले जोडी वाधेका छन् । प्रदिप भट्टराइको निर्देशनमा तयार भैरहेको यो चलचित्रको सेटबाट दीपा र हरिवंशको गेटअप बाहिरिएको छ । डार्क कमेडी जनरामा निर्माण भैरहेको चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
चलचित्रलाई मह संचारले प्रस्तुत गरेको हो भने, किरण केसीले यसमा लगानी गरिरहेका छन् । १२ बर्ष चलचित्र निर्माणमा मह जोडी फर्किएका हुन् । यसैले पनि चैत्र ९ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई लिएर दर्शकमा कौतुहलता बढेको छ । चलचित्रकी मुख्य कलाकार दीपाश्री निरौला गाउँले भूमिकामा देखिएकी छिन् । विरगञ्जको छायांकनपछि बाँकी चलचित्र काठमाण्डौमा खिचिनेछ ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *