काठमाडौँ, १६ कात्तिक । राप्रपाका अध्यक्ष कमल थापाले शुभ साइतमा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्न गृह जिल्ला पुगेका थापाले बिहीबार १२ः४० बजेको साइतमा मगवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

कांग्रेससँग गठबन्ध गरिएपनि आफ्नो साइत १२ः४० मा परेकोले आफूले पहिले नै उम्मेदवारी दर्ता गर्नु परेको अध्यक्ष थापाले बताउनुभयो। उम्मेदवारी दर्तापछि बोल्दै थापाले झापा-३ बाहेक देशका अन्य सबै ठाउँमा नेपाली कांग्रेससँगको गठबन्धन कायम रहेको प्रस्ष्ट पारनुभएको छ । झापा-३ मा विशिष्ट परिस्थितिका कारण कांग्रेसँग मैत्रीपूर्ण रुपमा प्रतिस्पर्धा गर्नु परेको थापाले बताउनुभयो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *