काठमाडौं,१६ कार्तिक। माओवादी केन्द्रले नेता रामबहादुर थापा (बादल)लाई राष्ट्रिय सभा सदस्य बनाउने भएको छ । चितवन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फको उम्मेदवार दावी गरेका बादलाई एमालेले चितवन २ नछाड्ने अडान लिएपछि उहाँलाई माओवादीले नवलपुर १ बाट उम्मेदवार बनाउने भनिएपनि बादलले चितवन बाहेक अन्तबाट चुनाव नलड्ने बताएपछि उहाँको नाम प्रत्यक्ष तर्फका उम्मेदवारहरुको सूचीमा परेन ।

उहाँले प्रत्यक्ष तर्फ चुनाव लड्ने इच्छा देखाएपछि समानुपातिकको सूचीमा पनि नाम राखिएको थिएन । त्यसैले अब बादललाई राष्ट्रिय सभामा लैजाने माओवादीले आश्वासन दिएको बताइएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *