डोटी,१६ कात्तिक। प्रतिनिधि सभाका लागि एक मात्र क्षेत्र कायम भएको डोटीमा कांग्रेस नेता वीरबहादुर बलायर र एमालेका प्रेमबहादुर आलेबीच प्रतिस्पर्धा हुने भएको छ । बलायर भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुहुन्छ भने आले एमाले केन्द्रीय सदस्य तथा निवर्तमान सांसद हुनुहुन्छ । २०७० सालको संविधानसभा निर्वाचनमा बलायरले तत्कालीन डोटी १ र आलेले २ बाट जितनुभएको थियो। त्यतिबेला दुवै नेतालाई डोटीको विकासका लागि अनिवार्य आवश्यकता बताइएको थियो । अहिले दुवै आमनेसामने भएका छन् ।

राजनीतिमा दुवै नेताका धेरै विषय मिल्दाजुल्दा हुनुहुन्छ । दुवै ०६४ को संविधानसभा निर्वाचनमा पराजित  हुनुभएको थियो । दुवै नेताहरुको राजनीतिक पृष्ठभूमि कांग्रेस नै हो । आले ०५३ सालमा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरनुभएको थियो । २०७२ सालमै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा आले मन्त्री बन्ने चर्चा व्यापक थियो । तर, सम्भव भएन । बलायर भने हालको सरकारमा मन्त्री बन्नुभयो। २०६९ सालमा भएको अखण्ड सुदूरपश्चिम आन्दोलनमा दुवै नेता नेतृत्वदायी भूमिकामा रहेको। र, प्रदेश ७ को राजधानी दिपायल हुनुपर्ने ‘लबिङ’मा छन्, दुवै । जिल्लामा आशालाग्दा अनुहार पनि मानिन्छ, उहाँहरुलाई । र, दुवैले पछिल्लो समयमा लोकपि्रयता गुमाएको पनि छन् ।

यस्तो छ अंकगणित

२०४८ सालयता डोटीमा निरन्तर दुई वटा निर्वाचन क्षेत्र थिए । ०४८, ०५१ र ०५६ का आम निर्वाचनमा कांग्रेसले जितेको थियो, दुवै क्षेत्र । र, ती निर्वाचनमा लगातार कांग्रेस नेताद्वय भक्तबहादुर बलायर र सिद्धराज ओझा विजयी हुनुभएको थियो। पहिलो संविधानसभामा भने कांग्रेसले दुवै क्षेत्र गुमायो । त्यतिबेला डोटी १ मा एमाले र २ मा माओवादीका उम्मेदवारको जित थियो । ०७० मा आएर क्षेत्र नम्बर १ को वर्चश्व फर्काउन सफल भयो, कांग्रेस ।

समानुपातिकतर्फको मत संख्याका आधारमा कांग्रेस पहिलो दल बनेको थियो, जिल्लामा । कांग्रेसको २८ हजार ३५ र एमालेको १९ हजार ६ सय चार मत थियो । माओवादीको समानुपातिक मत थियो, सात हजार नौ सय ६८ । २०७० को परिणामअनुसार वाम गठबन्धनको मत संख्या जोड्दा २७ हजार पाँच सय ७२ हुन्छ, जुन कांग्रेसभन्दा चार सय ६३ मत कम हो । उक्त निर्वाचनका आधारमा कांग्रेस वाम गठबन्धनभन्दा झिनो मतले अगाडि देखिन्छ ।

 

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *