झापा,१५ कात्तिक। झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड–२ का १९ वर्षीय कृष्ण लिम्बु छन् ।
इलाका प्रहरी कार्यालय, अनारमनीका अनुसार घाइते हुनेहरुमा सोही ठाउँका १८ वर्षीय अबिशेक राई, १९ वर्षीय बिमल रेग्मी र आभाष राई छन् ।
स्थानीय अदुवाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।