चलचित्र ‘होलिडे’का छायांकार दिनेशकुमार राई नेपाल फर्कनु पर्ने समयमा यूरोपमा नै लुकेपछि यसको निर्माण यूनिट तनावमा परेको छ । चलचित्रका छायांकार राई छायांकन सकेपछि यूरोपमै लुकेको उहाँ लुकेपछि अहिले यसको निर्माण यूनिटले प्रहरीमा उजुरी समेत दिएको छ ।

बसन्त निरौलाले निर्देशन गरेको यो चलचित्रको छायांकन वेल्जियमका विभिन्न स्थानमा करिब १ महिना लगाएर सकिएको छ । तर, चलचित्रका दिनेश कुमार राई भने छायांकन सकिएपछि यूरोपमै लुक्नुभएको छ। शनिबार चकलेटी लिन जान्छु भन्दै निस्किनुभएको उहाँ त्यसपछि नफर्किएको यसका निर्देशक निरौलाले जानकारी दिनुभएको छ। उहाँ पोल्याण्ड पुगेको आशंका यसको निर्माण यूनिटले गरेको छ ।

चलचित्रमा गौरव पहारि, वुद्धि तामाङ र पवित्रा आचार्यको मुख्य भूमिका छ । चलचित्रका मुख्य कलाकारहरु छायांकन सकेर नेपाल फर्किसकेका छन् । दिनेशलाई सम्पर्कमा आउन निर्माण यूनिटले आग्रह गरेको छ । दिनेशले आफ्नो लगेजबाट पासपोर्ट र आफ्नो डकुमेन्ट मात्र लिएर हिडेको निर्देशक बसन्त निरौलाले जानकारी दिनुभएको छ ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *