युएई,१४ कात्तिक । भिजिट भिसामा युएई आएर काम नपाएको अवस्थामा दलालले धोका दिएपछि अलपत्र परेका सुनसरीका १४ जना युवा गत बुधबार नेपाली दूताबासको शरणमा आइपुगे । नेपाल फिर्नका लागि हरेकलाई २७० दिराम खर्च लाग्ने र उनीहरुलाई बिहान बेलुका खानासमेत समस्या भएको खबर आयो । एक हप्ता युएईमा रहेका सबैलार्इ आफूले स्थानीय रेस्टुरेन्टमा खानपिनको व्यवस्था गरे पनि पर्याप्त नभएका कारण गायक प्रकाश पौडेलले पीडितलाई सहयोगका सार्वजनिक अपिल गरे ।

सामाजिक सञ्जाल फेसबुकमा पौडेलले सोही आशयको स्टाटस राखे पनि करिब सयभन्दा बढी सामाजिक संस्थाका कोही जिम्मेवार प्रतिनिधिले सहयोगी हात सार्वजनिकरुपमा अगाडि बढाएको पाइएन ।  युएईमा क्रियाशील सामाजिक, राजनीतिक, व्यावसायिक व्यक्तित्वले गायक प्रकाश पौडेलको अभियानप्रति मौनता साँधेको देखियो । करिब ६ घन्टाको अन्तरालमा चार जनाले प्रकाशको अभियानलाई ‘राम्रो काम’, ‘बधाइ छ भाइलाई’ भनी प्रतिक्रिया दिएका थिए । तर, पीडितहरुको सहयोगका लागि यो ब्लग तयार पारुन्जेल कोहीले अग्रसरता देखाएका छैनन् । युएईमा रोजगारी, गायन र समाजसेवाको त्रिवेणी बनेका ‘रुञ्चे गायक’ को उपमा पाएका पौडेलले यस प्रकृतिका मानवीय, भौतिक र आर्थिक सहयोग कति गरेका छन् ? त्यसको कुनै लेखाजोखा छैन ।

जागिरसँगै समस्यामा परेका नेपालीहरुको उद्धारमा उनी करिब एक दशकदेखि युएईका सातै इमिरेटससम्म दौडिरहेका भेटिन्छन् ।भिजिट भिसामा युएई आएर काम खोज्नु यहाँ निकै चुनौतीपूर्ण बन्दै गएको छ । सम्बन्धित काममा दक्ष, शिक्षित, कम उमेरको र हेर्दा आकर्षक देखिनेहरुले राम्रै काम पाए पनि धेरैले निराश भएर र्फकनुपर्ने झापाली समाजका केन्द्रीय सदस्य अमर राईले सुझाव दिनुभएको छ । पत्रकार मोहन बस्यालले मानवीयताका आधारमा यहाँका सामाजिक संस्थाहरुले पीडितहरुलाई खान र बस्नका लागि वातावरण बनाउनुपर्ने बताउनुभएको छ । तर, उहाँले पनि भिजिटमा ल्याएर वाचा गरेअनुरुप काम लगाउन नसक्ने दलालका आफन्तले नेपालको प्रशासनमार्फत कारबाही अगाडि बढाउनुपर्ने सुझाव दिनुभएको छ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *