सिरहा,१४ कात्तिक । सिरहाको कर्जन्हा नगरपालिकाको उत्तराईनीमा पुन नहुँदा वर्षाको समयमा स्थानीयले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यथा थियो । तर, अब त्यहाँ पुल बेनेपछि अकालको मृत्यु टरेको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । पुल नहुँदा वर्षाको समयमा पानीमा हेलिएर हिड्नु पर्दा कतिले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको भन्दै अब त्यो बाध्यता टरेको उयपुर गराँसका मोहन गिरी बताउनुभयो ।

पुल बनेपछि यस क्षेत्रका सर्पले टोकेका, गर्भवती तथा अन्य रोगका बिरामीले पनि समयमै उपचार पाउने स्थानीयको भनाइ छ । झोलुङ्गे पुल बनेपछि सिरहा धनुषा, सिन्धुली र उदयपुरका स्थानीयहरु लाभान्वित भएका छन् । पुल नहुँदा सिन्धुली, धनुषा,सिरहा र उदयपुरका स्थानीहरु धनुषाको चिसापानीको तल्लो गोधार हुँदै करिब अढाई घन्टा भन्दा बढी हिडेर सिरहाको बन्दीपुर सडकमा निस्केर पूर्ब पश्चिम जानु पर्ने बाध्यता थियो ।

सिरहाको कर्जन्हा नगरपालिका बन्दीपुरमा सर्पदंश उपचार केन्द्र छ । यी चार जिल्लाको चुरे क्षेत्रमा हरियो सर्पको आतङ्क नै हुन्छ ।
त्यहाँका सर्पले टोकेका बिरामी बन्दीपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा नै आउँछन् । पुल नहुँदा अढाई घन्टा भन्दा बढी ससमयमा सर्पदंश उपचार केन्द्रमा ल्याइ पुर्‍याउन लाग्थ्यो । कति सर्पदंशका बिरामीको बाटो नहुँदा घुमाएर ल्याउदा बाटोमा नै मृत्यु हन्थ्यो ।

उदयपुर, धनुषा र सिन्धुलीका बिरामीहरु पुल नहुँदा धनुषाको चिसापानी तल्लो गोधार हुँदै करीब अढाई घन्टाभन्दा बढी घुमेर सिरहाको बन्दीपुर बन्दीपुर आईपुग्दा बाटोमा नै मृत्यु हुने गरेको धनुषा चिसापानीका स्थानीय ईन्द्रकुमार शाहले बताउनुभयो । अहिले पुल बनेकाले अब त्यस क्षेत्रका सर्पदंशका बिरामी र सुत्केरी, गर्भवती महिलाले ज्यान गुमाउनु नपर्ने सिरहाको कर्जन्हा नगरपालिकाकी उपमेयर ज्ञानु श्रेष्ठले बताउनुभयो।  नेपाल सरकारको राष्ट्रिय योजना आयोगको योजना अन्तर्गत दुई करोड ६१ लाख बजेटमा करिब डेढ बर्षको अबधिमा पुल निर्माण कार्य सम्पन्न भएको हो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *