Home » मनोरंजन » नीता ढुंगाना अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नीता ढुंगाना अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

न्यूयोर्क,३१ अक्टोबर। नेपाली चलचित्र कि अभिनेत्री निता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल  हुनुभएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा निताद्वारा अभिनित ऐतिहासिक चलचित्र ‘पञ्चायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्रु विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्रीु विधामा पुरस्कार जित्न सफल हुनुभएको,

सानै उमेरदेखि अभिनयमा लागेकी ढुंगानाले हालसम्म २१ भन्दा बढी चलचित्रहरुमा अभिनय गरिसक्नुभएकोछनका चर्चित चलचित्रहरु दबाव, छ एकान छ, नोटबुक, मसान, हाम्रो माया जुनी जुनीलाई,निर्भय लगायत पछिल्लो चलचित्र पञ्चायत हुन् । पञ्चायतमा किशोरीको भूमिकामा देखिएकी निताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कार बाट उहाँलाई सम्मान गरिएको हो । यसरी नेपाली चलचित्र अन्तर्राषट्रिय महोत्सव सहभागिता र सम्मानित हुँदा यसले नेपालको पर्यटन प्रबर्धनमा ठूलो सहयोग र अन्तर्राष्ट्रिय जगतमा नेपालको बारेमा राम्रो छवी बढने छ भनि सिलिकन भ्यालीका पर्यटनदुत प्रकाश थापाले बताउनुभयो।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘बाहुबली कि अनुष्का शेट्ठी

हिन्दी चलचित्र ‘बाहुबली’मा देवसेनाको भुमिका निर्वाह गरेकी नायिका अनुष्का शेट्ठी कारको सौखिन् हुनुहुन्छ। चलचित्रमा आउनु ...