गोहीले जनावरको शिकार गर्न छाडेर शाकाहारी बनेको र मन्दिरको प्रसाद खान थालेको घटना सायद तपाईंले सुन्नुभएको छैन होला । यस्तो कुरा सुन्दैमा अनौठो र अपत्यारिलो पनि लाग्नसक्छ । तर, यो कुनै काल्पनिक कथा होइन । भारतको केरलास्थित अनन्तपुर लेक मन्दिरको यथार्थ घटना हो ।

मन्दिरको वरिपरि रहेको तालमा बस्ने बबिया नामक गोहीको आनीबानीले जो कोहीलाई पनि अचम्ममा पार्दछ । मन्दिरलाई घेरेको तालमा विगत डेढसय वर्षदेखि गोही बस्दै आएको छ । गोहीले डेढसय वर्षदेखि मन्दिरको सुरक्षा गर्दै आएको बताइन्छ । एउटा गोही मरेसँगै अर्को नयाँ गोही आफैं देखापर्दछ । हाल मन्दिरको तालमा रहेको बबिया गोही निकै शान्त छ र शाकाहारी छ । बबियाको खाना खाने समय निश्चित छ, हरेक दिन । दिउँसोको पूजा पश्चात बबियालाई भात तथा गुडबाट बनाइएको कसार जस्तो प्रसाद खान दिइन्छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *