काठमाडौं, १४ कात्तिक। नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका गोपाल खड्का मन्त्रालयमा तानिएपछि सोमबारदेखि निगमको कार्यकारी निर्देशक बन्नुभएको सुशिल भट्टराई । विवादित जग्गा खरिद प्रक्रियामा भट्टराईको पनि नीतिगत संलग्नता रहँदै आएको छ ।संसदीय छानविन समितिले निगम सञ्चालक समितिका पदाधिकारीहरुका साथै खरिद प्रक्रियामा संलग्न भट्टराई लगायतका कर्मचारीलाई पनि जिम्मेवार ठहर्‍याएको अवस्था छ ।

अनलाइनखबरले यस विषयमा निगमका भट्टराईसँग जिज्ञासा राखेको छ । जवाफमा उहाँले तेल भण्डारणका लागि प्रत्येक प्रदेशमा जग्गा आवश्यक रहेको र यसबारे नयाँ मन्त्रीलाई ब्रिफिङ भइसकेको बताउनुभयो । उहाँले जग्गा खरिदको विषय अध्ययनको प्रक्रियामा रहेकाले यसबारे बढी नबोल्ने प्रतिक्रिया दिन्भयो । निगमका कार्यकारी प्रमुख भट्टराईसँग विनोद घिमिरेले आयल निगमभित्रका चुनौतीलगायतका विषयमा गरेको छोटो कुराकानीः

आयल निगमको जग्गा खरिदको क्रममा भ्रष्टाचार भएको र यो काममा तपाईंको पनि हात रहेको भनिन्छ नि ?

त्यस्तो होइन । पदमा बसिसकेपछि काम त गर्नुपरिहाल्छ हेर्नुस् । कसको के भूमिका हो, कसरी काम गरेको छ भन्ने कुरा स्पष्ट नबुझेर होला । भण्डारण क्षमता बढाउनुपर्छ भन्ने सन्दर्भमा हाम्रो भण्डारणको अवस्था अवस्था यस्तो छ, भनेर हामीले नै सबैतिर राखेका हौं । गर्नुपर्ने काम भएको हुनाले नेपाल सरकारको निर्देशनअनुसार हामीले पनि त्यहीअनुसार गरेका काम हुन् ती । अहिले यी सबै कुराहरु अध्ययनमा भएको हुनाले यसभन्दा बढी नबोलौं ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *