Home » खेलकुद » युभेन्टसले एसी मिलानलाई २–० गोलको अन्तरले पराजित

युभेन्टसले एसी मिलानलाई २–० गोलको अन्तरले पराजित

काठमाडौं,१२ कात्तिक। इटालियना सिरी एमा गोन्जालो हिगुइनको १०० औं गोलसँगै युभेन्टसले एसी मिलानलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले एसी मिलानलाई २–० गोल अन्तरले हराएको हो । जितसँगै युभेन्टसले लिग लिडर नापोलीसँग अंक बराबरी गरेको छ ।

एसी मिलानको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि २३ औं मिनेटमा हिगुइनले गोल गरे । सिरी ए मा उनको यो १०० गोल थियो ।खेलको ६३ औं मिनेटमा उहाँले व्यक्तिगत दोस्रो गोल गर्दै उहाँले युभेन्टसलाई २–० को जित दिलाउनुभयो । सन् २०१३ जुलाइमा रियल मड्रिडबाट नापोली गएका उहाँले दुबै क्लबमा गरी १५३ खेल खेलनुभएको छ र १०१ गोल गरनुभएको छ।

जितसँगै युभेन्टस ११ खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ भने समान अंक जोडेको नापोली गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ र उसले एक खेल कम खेलेको छ ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी ...