Home » समाचार » सोनाहाङ राईले एभरेष्ट आइडल यूकेको उपाधि हात पारनुभयो

सोनाहाङ राईले एभरेष्ट आइडल यूकेको उपाधि हात पारनुभयो

 बेलायत,२९ अक्टोबर। सोनाहाङ राईले पहिलो एभरेष्ट आइडल यूकेको उपाधि हात पारनुभएको हो । यही अक्टोबर २८ तारिखमा सम्पन्न भएको पहिलो ‘एभरेस्ट आइडल (गायन)’ प्रतियोगितमा राई विजेता बनन्नुभएको हो । बेलायतको एम्पायर बेङ्क्युटिङ हल, अल्डरसटमा ई-मेडिया हबको आयोजनामा भएको फाइनल कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत साहित्यकार डा.दुर्गाबहादुर सुबेदी ‘दुबसु’, विशेष अतिथि एनआरएन यूकेका वर्तमान अध्यक्ष योगकुमार फगामीको उपस्थितिमा राईलाई आइडल घोषणा गरिएको थियो ।

उक्त प्रतियोगितामा १४ प्रतिस्पर्धिहरु क्रमश सोनाहाङ् राई, सुमि राई, मार्गरेट लिम्बु, निमान तामाङ, काशी राई, लच्छुशेर्पा, किरण गुरुङ, आईति गुरुङ, निरु चन्द, दिप प्रकाश राई, प्रवेश राई, मनोज गुरुङ, शकुन सुनुवार, नन्दिता राई भएकोले कार्यक्रमलाई ३ चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा ४ जना आउट, दोस्रो चरणमा ५ जना आउट गर्दै र फिनालेमा ५ जना क्रमशः दिपप्रकाश राई, निमान तामाङ्, सुमी राई सोनाहाङ राई, मनोज गुरुङ पगनुभएको थियो ।

प्रतियोगितामा ‘सान्नानिले झुक्यायो मलाई र कहाँ थियौ तिमी रङ्ग मञ्च उठेपछि आयौू बोलको दुई गीत गाएर सबैलाई पछि पार्दै बेलायतका लागी नेपाली सांगीतिक धरातलमा ऐतिहासिक पहिलो एभरेष्ट आईडलको उपाधि साथै १२ सय पाउण्ड पनि सोनाहाङ राइले हात पारनुभएको  हो ।उक्त आईडलको फस्ट रनर अप निमान तामाङ् र सेकेण्ड रनर अपदिप प्रकाश राई हुनुभएको छ । उक्त आइडलका जजहरु क्रमश शर्मिला बर्देवा, शितु खरेल, वी.सी राई र पर्यवेक्षक जज लेजेन्डरी गायक नोर्देन तेन्जिङभोटियाले फाईनलका १४ प्रतिस्पर्धिहरु सबै एकसा एक भएकोले उनिहरुबाट पहिलो ‘एभरेस्ट आइडल’छान्न निकै गार्‍हो भएको तर पब्लिक भोटिङले धेरै सजिलो बनाएको बताउनुभयो ।

 

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘चुनाव बिथोल्नको लागि जताततै बम फेला पर्न थालेको छ

सिन्धुपाल्चोक, २ मंसिर  । जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला ...