कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सकस’मा समावेश एक समसामयिक गीतको भिडियो बजारमा आएको छ । चेतन सापकोटाको स्वर तथा संगीत रहेको शिर्ष गीतले काठमाण्डौको परिवेशलाई उठान गरेको छ । अक्कल सिंहको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई एनवी महर्जनले निर्देशन गरनुभएको हो ।
सुन्दर श्रेष्ठले यो चलचित्रको निर्माण गरनुभएको हो । चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, प्रज्वल सुजल गिरी लगायतका कलाकारको अभिनय छ । काठमाण्डौ भित्र हुने गरेका विभिन्न खालका घटनालाई यो चलचित्रले उठान गरेको छ ।
चलचित्रले बक्स अफिसमा पनि राम्रो कमाई गर्नेमा यसको निर्माणपक्ष विश्वस्त देखिएको छ । एक्सन, रोमान्स र वास्तविक घटनामा चलचित्र बनेको निर्देशक महर्जनले बताउनुभएको छ।