वीरगञ्ज, १२ कात्तिक। सर्लाही चन्द्रनगर २ को मुसहर टोललाई नमूना बनाइने भएको छ । भोर नामक गैरसरकारी संस्थाले उक्त योजना अगाडि सारेको हो । उक्त वडाका बबरगञ्ज, बिर्ता बजार र दोनवारी टोलमा मुसहर समुदायको बसोबास छ । मुलुककै सबैभन्दा गरिब मानिन्छ, उक्त समुदाय । शिक्षा, स्वास्थ्य, सरसफाइ, सडकलगायत पूर्वाधार निर्माणलाई उक्त संस्थाले मुख्य प्राथमिकतामा राखेको छ ।

आइतबार सम्पन्न घोषणा सभामा एक बालिकासहित चार मुसहर विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो । उनीहरुलाई शैक्षिक सामग्रीहरु समेत हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो । ती बालबालिकाको अध्ययनमा लाग्ने खर्च स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र संघसंस्थाले व्यक्तिगत कमाइबाट बचत गरेर योगदान गरेको अध्यक्ष महतोले बताउनुभयो  ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *