झापा,१२ कात्तिक। बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली चल्दा गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । शनिबारै हेलिकप्टरमार्फत काठमाडौं ल्याइ वीर अस्पतालमा उपचार थालिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो ।
अन्य घाइते ५ जनाको स्थानीय विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार ५ जना मध्ये ३ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । सघन उपचार कक्षमा उपचाररत् रहेकाहरुमा कनकाई नगरपालिकाका सुशील घतानी, मेची नगरपालिकाका अशोक बस्नेत र राजगढका सुनील पाठक छन् । घतानी र बस्नेतको हात र पाठकको हिप र पिठ्यूँमा गोली लागेको थियो । घटना प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु भएको थियो ।