Home » समाचार » चितवनमा ट्रिपरको ठक्करबाट बस पल्टियो

चितवनमा ट्रिपरको ठक्करबाट बस पल्टियो

चितवन,१२ कात्तिक। भरतपुर महानगरपालिकाको आँपटारी जंगल नजिक ट्रिपरको ठक्करबाट यात्रुबाहक बस पल्टिँदा २४ जना घाइते भएका छन् । तीमध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले पानी ट्यांकी आरालो नजिक ठक्कर दिएको थियो ।

 

गम्भीर घाइते २ जनाको पुरानो मेडिकल कलेजमा र अन्यको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो। बस चालक घाइते छन् । ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको पन्तले जानकारी दिनुभयो।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘चुनाव बिथोल्नको लागि जताततै बम फेला पर्न थालेको छ

सिन्धुपाल्चोक, २ मंसिर  । जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला ...