झापा,११ कात्तिक। बिर्तामोड गोलीकाण्डमा मृत्यु भएका आन्दोलनकारी अर्जुनधारा-११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको छ । शनिबार इलाका प्रहरी कार्यालय, अनारमनीमा बसेको राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईंले अनलाइनखबरलाई दिएको जानकारी अनुसार किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५/२५ हजार रुपैयाँ दिने समेत निर्णय भएको छ ।

साथै, मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने भएको छ । बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः दुई दिन थप अनुसन्धान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *