चितवन, ११ कात्तिक। भरतपुर महानगरपालिका वडा नं १४ स्थित रोकिराखिएको बसमा पछाडिबाट मोटरसाइकल ठोक्किन पुग्दा गए राति एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ना४ख ५१०२ नंको बसमा ना२१प १४५ नंको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नं १५ का ५० वर्षीय रणबहादुर कडरियाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते कडरियाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा राति नै मृत्यु भएको हो ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *