सल्यान,११ कात्तिक। आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सल्यान जिल्लामा ११ सय ९२ जना म्यादी प्रहरी भर्ना गरिएको छ । २२ सय ४५ पुरुष र ४१९ महिला गरी कुल २६ सय ६४ जनाको आवेदन परेकामा परीक्षाबाट ११ सय ९२ जना छनोट भएका हुन् ।

‘शारीरिक तन्दरुस्ती, स्वास्थ्य परीक्षण लगायतका परीक्षाबाट ९५६ पुरुष र २३६ महिला छानिएका छन्,’ सल्यानका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले भन्नुभयो, ‘वैकल्पिकमा २३९ जना परेका छन् । छनोट भएका म्यादी प्रहरीलाई अब १५ दिने तालिम दिएर कार्यक्षेत्रमा खटाइने प्रजिअ घिमिरेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले समन्वय गरेर मातहतका इलाका प्रहरी कार्यालयहरुबाट म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन स्थलमा खटाउने छ ।

प्रतिनिधिसभामा एक सिट र प्रदेश सभामा दुई सिट रहेको सल्यानमा १११ मतदान स्थल र १८० मतदान केन्द्र छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सल्यान जिल्लामा १ लाख ३४ हजार २१३ मतदाता छन् । स्थानीय चुनावमा १ लाख २६ हजार मतदाता थिए ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *