Home » समाचार » करोडौं खर्चेको सडक १४ दिनमै भत्किएपछि

करोडौं खर्चेको सडक १४ दिनमै भत्किएपछि

 काठमाडौं,११ कात्तिक। काठमाडौंलाई हेटौंडासँग जोड्ने कुलेखानी-फाखेल-हुमाने भञ्ज्याङ सडकमा कालोपत्रे (ओटासिल) गरेको चार महिना बितेको छैन । अहिले सडकको अवस्था हेर्ने हो भने वर्षौंदेखि बिग्रिएर जीर्ण बनेको जस्तै देखिन्छ । यसको कारण हो, सरकारको अदूरदर्शी नीति र ठेकेदारको बदमासी । जिविस मकवानपुरको राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रममार्फत् यो सडकको स्तरोन्नती गरिएको हो । कुमार एन्ड सन्स् कन्स्ट्रक्सनले यसको जिम्मा लिएको छ । कम्पनीले सडक स्तरोन्नती त गर्‍यो तर प्रतिफल ‘शून्य’ देखिएको छ । विश्व बैंकको १३ करोड ३८ लाख रुपैयाँ खर्च भएको उक्त सडकको अधिकांश खण्डको ओटासिल उप्किसकेको छ । स्थानीय बासिन्दाको भनाइ मान्ने हो भने ओटासिल गरिएको यो सडकको कालोपत्रे १४ दिन पनि टिकेन । अहिले यो सडकआसपासका बासिन्दा धुलोबाट आजित छन् । विशेषगरी सर्लाही, बारा, वीरगञ्ज, हेटौंडालगायत क्षेत्रबाट छुट्ने टाटा सुमो र साना निजी गाडी यही मार्ग भएर गुड्छन् । मध्यम किसिमका सवारीको चाप हुने यो सडकमा पानी पर्नासाथ सवारी साधन गुड्न सक्दैनन् ।

कालोपत्रे उप्किसकेकाले मोटरसाइकल चलाउन पनि जोखिमपूर्ण छ । यात्रु पनि धुलोका कारण पीडित छन् । स्थानीय बासिन्दामा कालोपत्रे गरिएपछि धुलो र हिलो कम हुने अपेक्षा थियो । उनीहरुले जिविस र ठेकेदारलाई दोषि देखाउँदै आएका छन् । ‘ओटासिल नै भए पनि तीन महिना दिन त टिक्नुपर्थ्यो, १५ दिन पनि टिकेन,’ फाखेलका सुरेश लामाले भन्नुभयो डकभरि पहिरो आउनेगरी बिनाइन्जिनियरिङ अध्ययन सडक निर्माण गर्दा कान्ला भासियो । अहिले सडकमा पहिरो नै पहिरो छ । उहाले भनेजस्तै गरी सडक विस्तार गरिएका कारण धेरै स्थानमा पहिरो खसेको छ । नालाहरु थुनिएका छन् भने खाल्डा नै खाल्डा छन्, सडकमा । तर, एकतर्फी रुपमा सवारी चल्ने गरी पहिरो हटाए पनि धेरै स्थानमा जोखिमयुक्त अवस्था छ । भर्खरै तयार भएको सडकमा पनि सवारी चलाउन निकै मुस्किल परेको यही रुटमा सुमो चलाउने वीरगञ्जका मनोज अन्सारी बताउँनुहुन्छ । कतिपय खण्डमा ठेकेदारले काम नसक्दै जिविसले भुक्तानी दिएको आरोप स्थानीय बासिन्दाको छ । जिल्ला प्राविधिक कार्यालय मकवानपुरका प्रमुख सोमराज तिमल्सिना ओटासिल उप्किएको स्वीकार्नुहुन्छ। अब यसमा स्यान्ड-सिलसहितको ‘सेकेन्ड कोट ओटासिल’ गर्न लागिएको उहाँ बताउँनुहुन्छ।

‘अब यसमा अर्को लेयर अेटासिल पनि गर्छौं,’ तिमल्सिनाले भन्नुभयो, ‘यसअघि देखिएका सबै समस्या समाधान हुनेगरी पूरै खण्डमा स्यान्ड-सिलसहितको ओटासिल गर्न लागेका छौं । विश्व बैंकसँग जिविसले यस सडकको समथर भागमा १६ मिलिमिटर र उकालोमा ३२ मिलिमिटर बाक्लो ओटासिल गर्ने सम्झौता गरेको छ । तर, पाँच मिलिमिटर पनि ओटासिल नगरिएका कारण सडक पुरानै अवस्थामा फर्किएको स्थानीय बासिन्दा बताउँछन् । गुणस्तरहीन काम हुँदा पनि कसैले ध्यान नदिएको गुनासो छ, स्थानीय श्यामलाल ठकुरीको । इन्जिनियर तिमल्सिनाले दोहोरो ओटासिलका लागि लागि विश्व बैंकले सडक परियोजनामा थप ५५ लाख ‘भेरिएसन’ दिएको बताउनुभयो । उहाँले अहिलेसम्म कम्पनीलाई १० करोडभन्दा बढीको भुक्तानी दिइसकेको जानकारी दिनुभयो ।

‘भएको कामको भुक्तानी गरिसक्यौं । अब बाँकी भेरिएसनसहितको काम सकेपछि मात्रै दिन्छौं,’ इन्जिनियर तिमल्सिनाले भन्नुभयो । सरकारले दीर्घकालीन महत्वका सडकमा अस्फाल्ट -बाक्लो र गुणस्तरीय) कालोपत्रे गर्न खासै चासो नदिँदा त्यसको फाइदा भने ठेकेदार कम्पनीले उठाइरहेका  सडकको ओटासिल चाँडै उप्किने तर्क गर्दै कमसल काम गरिरहँदा राज्यका निकाय पनि आँखा चिम्लिएर बसेको । सरकारले पनि ओटासिलमा खर्च गर्नुको साटो अस्फाल्ट पिचमा ध्यान दिन सकेको छैन । दातामार्फत् बनेका सडकमा पनि ओटासिलकै प्रयोग गर्ने सरकारी नीति पनि हास्यास्पद छ । २०५७ सालमा स्थानीय बासिन्दा र जिविसको पहलमा यो सडक निर्माण भएको थियो । यसअघि पनि यो सडकमा झण्डै तीन करोड खर्चिएर ओटासिल नै गरिएको थियो । २०६८ मा दुई करोड ५३ लाख ३८ हजार रुपैयाँमा ओटासिल गरिएको सडक तुलनात्मक रुपमा अहिलेभन्दा बढी टिकेको स्थानीय बासिन्दा बताउँछन् ।

 

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘चुनाव बिथोल्नको लागि जताततै बम फेला पर्न थालेको छ

सिन्धुपाल्चोक, २ मंसिर  । जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला ...