नुवाकोट, ११ कात्तिक । महिला तथा बालबालिकामाथि हुने हिंसाबाट पीडितलाई उद्धार, उपचार र संरक्षण गर्न जिल्ला अस्पताल त्रिशूलीमा लैङिगिक हिंसा सम्बन्धी ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ । केन्द्र स्थापनाका लागि स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०७४/७५ मा रु नौ लाख बजेट विनियोजन गरेपछि केन्द्र सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले बताउनुभयो । “लैङिगिक हिंसाको रुपमा शारीरिक, यौनजन्य तथा मानसिक क्षति तथा पीडा भोगको महिला तथा बालबालिकाको समयमै उद्धार, उपचार र संरक्षणदेखि जीविकोपार्जनमा सहयोग पुर्याउन केन्द्र स्थापना गरेका छौ ।” अध्यक्ष अधिकारीले भन्नुभयो “जनशक्तिको व्यवस्थापन गरी सेवा प्रवाह कार्यतालिका बनाएर अघि बढ्न लागिएको छ ।

स्वास्थ्य मन्त्रालयले चालु आवदेखि नुवाकोटसहित १६ जिल्लामा केन्द्र स्थापना गर्ने लक्ष्यअनुसार धादिङ र रसुवालाई समेत सेवा पुर्याउन यहाँ केन्द्र स्थापना गरिएको हो । केन्द्रको सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय समिति समेत गठन भएकाले सेवा र लक्ष्य प्रभावकारी हुने जनस्वास्थ्य प्रमुख वसन्त अधिकारीले बताउनुभयो । महिला तथा बालिकामाथि हुने बलात्कार, यौनजन्य दुव्र्यबहार, शारीरिक हिंसा, जबर्जस्ती विवाह, बालविवाह, सार्वजनिक सेवाको पहुँचमा असमानता, मानसिक हिंसाबाट पीडित भएका लगायतलाई सहयोग पुर्याउन केन्द्रमा प्रशासन, प्रहरी, डाक्टर, नर्सलगायत सरोकारवालाको प्रतिनिधित्व रहने व्यवस्था छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *