काठमाडौं,११ कात्तिक। माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ प्रकाशले चुनावपछि वामपन्थी सरकार बन्ने दाबी  । गोरखा काठमाडौं सम्पर्क मञ्च को भेलालाई सम्बोधन गर्दै श्रेष्ठले भन्नुभयो, ‘चुनावपछि वामपन्थीहरुको अत्याधिक बहुमतसहितको सरकार बन्छ । कसैले पनि छेक्न सक्दैन।

गोरखाको विकास डा. बाबुराम भट्टराईले व्यक्तिगत रुपमा नभई माओवादीले गरेको उहाँले दाबी गरनुभयो । श्रेष्ठले भन्नुभयो, ‘व्यक्तिगत रुपमा उहाँले गरेको भए त माओवादी छाडेपछि विकासको खोला बगाउनु पर्ने हो । तर, भएन ।

बरु गोरखामा हुनु पर्ने जति विकास नभएको भन्ने गुनासो रहेको भन्दै उहाँले गोरखाको विकासका लागि माओवादी चाहिने दाबी गरनुभयो। उहाँले भन्नुभयो, ‘सरकार बनाउनु पर्ला नि त विकास गर्न ? कि हल्लिएर विकास हुन्छ ?’

उहाँले चुनाव जितिन्छ भनेर ढुक्कसँग नबस्न आग्रह गर्दै उहाँले सम्पूर्ण एकता, योजनावद्ध तयारी, सक्रियता भए वाम गठबन्धनको जित हुने बताउनुभयो।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *